Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा पाँच दिन निषेधाज्ञा


    शुक्रबार, साउन २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

    निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति पास भएका गाडी स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार