काठमाडौं । ललितपुरको लगनखेल स्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । ति कोरोना संक्रमित पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पतालमा भर्ना भएका थिए ।
पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताउनु भएको छ ।
उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष कोरोना संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।