Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा भन्छन्-  देश गम्भीर मोडमा छ


    आइतबार, कार्तिक ६ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छन् ।  

    आगामी चुनावपछि देश कता जाने भन्ने विषय गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

    २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनको जित अपरिहार्य रहेको र जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार