Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अरु पार्टीको त हिसाबकिताब नै छैन, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो: लिङ्देनले 


    आइतबार, कार्तिक ६ २०७९
    950
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। आइतबार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको मुख्य प्रतिष्पर्धा एमाले रहेको बताएका छन्  ।

    उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको भन्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने दाबी गरे। 

    उनले काँग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको जिकिर गरे । 

    उनले भने, ‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिष्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरूको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । अनि सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भन्छन्, नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रस्तुत गर्नसक्ने राप्रपा मात्रै हो । हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ । अप्रत्याशित रुपमा परिणाम आउने छ ।’

    जो नेतृत्व पटक–पटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन । अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरू राप्रपाको सक्रियता खोजिरहेका छन् । अहिले काँग्रेस, कम्युनिष्टको झण्डा घरधुरीमा राखेर भएपनि राप्रपालाई भोट दिन मान्छे तयार छन् ।’ लिङ्देनले भने’ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार