एजेन्सी। एक दशकदेखि सत्तामा रहेका सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङमा सम्पन्न २०औँ कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि तेस्रो पटक पार्टीको महासचिवमा निर्वाचित भएका हुन्। उनी अब आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सी लगातार तेस्रो पटक सत्तामा आएर इतिहास रचेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि चीनमा तेस्रो पटक कुनै पनि नेता सत्तामा आउन भने सकेका थिएनन्।
सी चिनफिङले पार्टीको अध्यक्षमा तेस्रो पटक निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति समेत घोषणा गरेका छन्। उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन्।
पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भनेका छन्, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend