Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनमा शंका पैदा गर्ने, मतभिन्नता ल्याउने काम नगरौ :देउवा


    शुक्रबार, कार्तिक ४ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र कुनै किसिमको शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’ 

    यस्तै पाँच दलीय सत्ता गठबन्धनले आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार