Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  प्रचण्डको दाबी- गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउँछ 


    शुक्रबार, कार्तिक ४ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पोखरामा सत्ता गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा मिलेर परास्त गर्नुपर्ने र गठबन्धनका कार्यकर्ताले एक–अर्काको चुनाव चिह्नमा भोट हाल्नु पर्ने बताएका छन्। प्रचण्डले एक–अर्काको चुनाव चिह्नमा भोट नहाल्ने कुरोलाई सुसाइडको रूपमा व्याख्या गरे । 

    प्रचण्डले भने, ‘निर्वाचनमा हँसिया हतौडाकाले रुखमा, रुखवालाले हँसिया हतौडामा वा कलममा भोट हाल्दिनँ भनेको पनि सुनेको छु। तर गठबन्धनलाई भोट नहाल्नु सुसाइड हो । तपाईं आफू नि जित्नु हुन्नँ, अर्काले नि जित्दैन । 

    प्रचण्डले भने, ‘जबसम्म देशमा प्रतिगमनको खतरा रहन्छ त्यतिबेलासम्म गठबन्धन रहन्छ भन्दै उनले गठबन्धनका उम्मेदवारलाई भोट दिने कि नदिने भनेर मनमा पाप पलाए पाप धुरीबाट कराउने समेत बताए बताए । ‘स्थिरताबाहेक हाम्रो कुनै स्वार्थ छैन । अर्कोतर्फ प्रतिगामी, राजावादी छन् जो देशलाई खण्डित गर्न चाहन्छन्’ उनले भने । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार