Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावमात्रै होइन कांग्रेससँग हाम्रो गठबन्धन शान्ति सम्झौतादेखिकै हो : दाहाल


    शुक्रबार, कार्तिक ४ २०७९
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन अहिले भर्खरै मात्र नभई  शान्ति सम्झौतादेखिनै रहेको बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नं. ७ मा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेस र माओवादीका बीचमा १२ बुँदे शान्ति सम्झौता हुँदा देखि नै सहकार्यको बातावरण बनेको र अहिलेको गठबन्धन त्यसैको निरन्तरता भएको बताए । 

    ‘यो एउटा चुनावमात्रै होइन, यो यो अग्रगमन र प्रतिगमनका बीचको प्रतिस्पर्धा हो,’ दाहालले भने, ‘त्यसकारण संविधान र लोकतन्त्रको रक्षा, संविधानमा संशोधन र कार्यान्वयन तथा मुलुकको समग्र विकासको निम्ति गठबन्धनलाई जिताउन आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले गठबन्धनका बारेमा फैलाइएका भ्रमका पछि नलाग्न समेत आग्रह गरे ।

    ‘हामीले यो गठबन्धन अहिलेमात्रै बनेको जस्तो गरेर बुझ्नु पनि गलत हुन्छ । नेपाली कांग्रेस र माओवादीका बीचमा विगतमा पनि गठबन्धन भएको उदाहरण छ । विस्तृत शान्ति सम्झौताको जग नै त्यही गठबन्धन हो,’ उनले भने, ‘म गिरिजाप्रसाद कोइरालालाई सम्झिन्छु, किनकि त्यतिबेला हामीबीचमा जुन सहकार्य भयो, त्यही सहकार्यले यो मुलुकलाई शान्ति, संविधान, विकास र समृद्धिको नयाँ दिशातिर अघि बढाएको थियो ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार