Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पाकिस्तानी उद्यमीलाई राजदूत अधिकारीले दिए नेपाल भ्रमणको निम्तो


    शुक्रबार, कार्तिक ४ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी उद्यमी, व्यवसायीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। उनले त्यहाँको फेडरेशन अफ पाकिस्तान चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीसँग भेट गरेर नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन् । 

    चेम्बरका अध्यक्ष इकबाल शेख र अन्य पदाधिकारीसँगको भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच मैत्री, आपसी विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई लगानी र आर्थिक साझेदारीमा गर्ने बेला भएको बताए ।

    चेम्बरका अध्यक्ष र पदाधिकारीहरूले नेपाल भ्रमणका लागि राजदूत अधिकारीले दिएको निम्तोका लागि धन्यवाद दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न इच्छुक रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार