Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पृथ्वीसुब्बा गुरुङ भन्छन्- काँग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन 


    शुक्रबार, कार्तिक ४ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आराेप लगाएका छन्। भविष्य नै नभएको पार्टीमा लागेर कुनै काम नहुने उनले बताए । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको दाबी गरे । 

    एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई  जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए ।

    एमालेले सदैव लोकतन्त्रको मूलभूत सिद्धान्तलाई पालना गर्दै आएको उनकाे भनाइ छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार