Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुरामले भने- नेपालको निम्ति प्रचण्ड–बाबुरामको धार नै सबैभन्दा उपयुक्त छ 


    शुक्रबार, कार्तिक ४ २०७९
    885
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा आज बिहान आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्ड–बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त रहेको बताएका छन्। 

    नेकपा एमालेतर्फ लक्षित गर्दै उनले अहिले देशमा प्रतिगमनको खतरा बढेको र प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेको आरोपसमेत लगाए ।

    डा. भट्टराईले भने, ‘नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’

    आगामी मंसिर ४ को निर्वाचनको पहिलो मुद्दा नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ । यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो,’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार