काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले आज बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्नसमेत गरेका छन्, उनले भनेका छन् ।
प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त रु यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ- बिरालोले मुसा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी-अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नुपर्छ, किन कराउने भनी ठान्छन् ।
त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ, उनले भने । यस्तो छ रावलले ट्विटरमार्फत सार्वजनिक गरेको धारणा
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend