Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनको उम्मेदवार जोसुकै भए पनि तरुण दलले जिताउँछ : विद्वान गुरुङ


    बिहिबार, कार्तिक ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी। नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवारलाई तरुण दलले जिताउने बताएका छन् ।

    कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भूमिका के हो ? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गरेका थिए ।

    ती प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।

    ‘मलाई विश्वास छ यो जिल्लाको १ नम्बर क्षेत्रमा उद्योगी विनोद चौधरी एवं २ नम्बर क्षेत्रमा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,’ उनले भने ।

    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार