देबदह। नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने ।
अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्री गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend