Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मसालमा विद्रोह : मोहनविक्रम सिंह र चित्रबहादुर केसी कारबाहीमा 


    बिहिबार, कार्तिक ३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको छ । आज बुटवलमा विशेष महाधिवेशनका निर्णय सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो । 

    विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ।

    नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले  पार्टी भित्रका क्रान्तिकारीहरुले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार