Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  सन्दीपमाथिको अनुसन्धान अन्तिम चरणमा, पत्राचार गर्न मात्र बाँकी


    बुधबार, कार्तिक २ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। एक किशोरी बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अब अन्तिम चरणमा पुगेको छ । बुधवार जिल्ला अदालतमा प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले सन्दीपको बयान पुरा भएको र अब पत्राचारको काम मात्रै बाँकी रहेको बताए । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको हुनाले अदालतले लामिछानेलाई आज थप ४ दिन मात्रै थुनामा राख्न म्याद दिएको छ ।

    प्रहरीले सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, सन्दीपको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रतिवाद गरेका छन् । न्यायाधीश नारायणप्रसाद दाहालले ४ दिनमा अनुसन्धान सकेर कार्तिक ६ मा अनुसन्धान प्रतिवेदन सहित आरोपीलाई उपस्थित गराउन आदेश गरेका छन् ।

    बयान पुरा भएको र पत्राचार गर्न बाँकी रहेको अनुसन्धान अधिकृतले इजलासमा जानकारी गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । 

    लामिछाने गत असोज २० बाट गौशाला प्रहरीको हिरासतमा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार