काठमाडौँ। टेलिभिजन कार्यक्रम सञ्चालन गर्न छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आय-व्ययको विवरण सार्वजनिक गरेको छ। (रास्वपा)ले विभिन्न ७ वटा शीर्षकमा सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको स्रोतले जनाएको छ ।
त्यसमध्ये, रास्वपाले पार्टीको सदस्यहरूबाट ३ लाख ५० हजार रुपैयाँ लेबी उठाएको छ । यस्तै, विभिन्न संस्था तथा व्यक्तिहरूबाट १ करोड ७ लाख ६४ हजार रुपैयाँ दान पाएको छ । यसबाहेक, पब्लिकेशन मार्फत ५१ हजार रुपैयाँ र संयुक्त अनुदानमार्फत ९० लाख ३४ हजार रुपैयाँ र विभिन्न ऋणमार्फत ५६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ ।
यसबाहेक बिक्री तथा अक्सन र लगानीमार्फत भने आम्दानी नगरेको रास्वपाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यी विभिन्न शीर्षकमा रास्वपाले २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आर्जन गरेको बताइएको छ । यस्तै, यस अवधिमा पार्टीले २ करोड ४० लाख १९ हजार ८९४ रुपैयाँ खर्च समेत गरेको छ ।
पार्टीले कन्फ्रेन्स गरेर २९ लाख ९७ हजार १७५ रुपैयाँ खर्च गरेको छ । यस्तै, तालिमतर्फ १२ लाख ५९ हजार रुपैयाँ तथा कार्यालय स्थापनका लागि ६७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । पर्चा तथा किताब छपाइमा १८ लाख ७३ हजार रुपैयाँ खर्च हुँदा १ करोड १० लाख रुपैयाँ स्थिर सम्पत्ति तथा लगानीमा खर्च गरेको छ ।
यसैगरी, सामाजिक कार्यमा ५५ हजार रुपैयाँ लगानी भएको उक्त पार्टीले आर्जन गरेको रकमको तुलनामा हाल १० लाख रुपैयाँ बचतमा रहेको पार्टीले जनाएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend