Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजु गुरुङको रिट कुमार र सुस्मलताको संयुक्त इजलासमा


    बुधबार, कार्तिक २ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही– २ मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।

    बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङले  सर्वोच्च अदालतमा रिट लिएर गएका थिए। 

    उक्त रिटमा असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले प्रारम्भिक सुनुवाइ गर्दै यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुनेछ। आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा सुनुवाइ हुने भएको कारण दुवै पक्षलाई बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार