Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण सिरहाका २३ बर्षीय युवाको मृत्यु


    शुक्रबार, साउन २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा। सिरहाका एक २३ वर्षीय कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ ।गत  बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको छ । 

    तीन वर्षदेखि मृगौलाको समस्या रहेका युवकको मृत्यु भएको हो ।ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाहसंस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार