Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाग्मा जुम्ला सडक खण्ड खुल्यो


    मंगलबार, कार्तिक १ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जुम्ला। पहिरोले अवरुद्ध जुम्ला सडक खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडक खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । 

    डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अव जुम्ला नग्मा सडक खुलाइएको छ  । ‘अवरुद्ध सडक खुलाउनका लागी क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं,’ उनले भने  ।

    कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार हामीले मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म खण्ड खुलाइएको छ ।  

    राजमार्गको सर्वपक्षीय अनुगमन 

    त्यस्तै कर्णाली राजमार्गको अनुगमनसमेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सड्क कार्यालयका प्रमुख श्रेष्ठ। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेको छ ।

    त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भए पनि दीर्घकालीन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताए  ।

    त्यस्तै  प्रमुख जिल्ला अधिकारी केशरीले सड्क खुलाउने र दीर्घकालीन रूपमा राजमार्ग बनाउनका लागी  सबैको सहयोग आवश्यक छ ।  उनले तेल अभाव भएकाले खोजी भइरहेको बताए  ।

    कर्णाली राजमार्ग २५ प्रतिशत अब खुल्न बाँकी 

    त्यस्तै डिभिजन सडकका अनुसार कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न बाँकी रहेको छ । डिभिजन सड्क कार्यालयका प्रमुख राजीव श्रेष्ठले कालिकोटको पिली देखी सेरावाडासम्म काम सकेर गाडी पुगेको छ । 

    सबइन्जिनियर गोविन्द अधिकारी अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४/१५ स्थानमा ठूला ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था रहेको छ ।

    Avatar

     
     
    Avatar

     
     
    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार