Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ


    मंगलबार, कार्तिक १ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज। प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

    यसैगरि पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार