Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमालेकी समानुपातिक उम्मेदवार फूल कुमारी महतो कांग्रेसमा 


    मंगलबार, कार्तिक १ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेबाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा पाईला टेकेकी छन् ।  

    अखिल महिला संघको सचिवालय सदस्यसमेत रहेकी महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् । सो अवसरमा महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेसी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको गुनासो पोखिन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार