काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् ।
आगामी निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ रहेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । ५ लाख १० हजार ४२० जना पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ जना अन्य गरी कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सात प्रदेशमध्ये ठूलो मतदाता प्रदेश १ मा रहेका छन् । प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । यसप्रदेशमा रेहका मतदातामध्ये पुरुष १७ लाख २९ हजार ७७२, महिला १६ लाख ६७ हजार ७१ र अन्य २२ जना रहेका छन् ।
तेस्रो ठूलो मतदाता संख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा रहेका कुल ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये पुरुषको संख्या १८ लाख २७ हजार ८५४, महिलाको संख्या १५ लाख ५८ हजार ७०४ र अन्य ७० जना रहेका छन् ।
आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६३७ रहेको छ । जसमा पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना छन् ।
गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । मतदातामध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २१२, महिला ८ लाख ८२ हजार ७७४ र अन्य १८ जना रहेका छन् ।
देशका सात प्रदेशमध्ये गण्डकी र सदुरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend