Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी भएको छ : गृहमन्त्री खाँण


    सोमबार, असोज ३१ २०७९
    740
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुको पेन्सन अवधि घटाएर १६ वर्ष कायम गर्ने तयारी भइरहेको अर्थात् छलफल भइरहेको बताएका छन्। 

    सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी जवानहरुलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग यसबारे निर्णय गर्न छलफल गरिरहेको छ ।’ अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने उनको भनाई छ। 

    यो निर्णयपछि सिपाहीहरुले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्न सक्ने समेत गृहमन्त्री खाँणले बताए । 

    विश्वभरि नै प्रविधिमा नयाँ आयाम थपिएकाले यसबाट प्रहरीलाई पनि चुनौती बढेको खाँणले औंल्याउदै  ‘बढ्दो चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाएर अन्तर्राष्ट्रिय स्तरको तालिम र सीपले अब्बल बनाइनेछ’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार