Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • घामका किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्नुछ : विनोद चौधरी


    सोमबार, असोज ३१ २०७९
    915
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालका प्रख्यात उद्योगपति एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता विनोद चौधरीले आसन्न निर्वाचन जिते आफ्ना जनतालाई पनि आफ्नै धरातलमा उभ्याउने र आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् ।

    अर्बपति चौधरी आगामी निर्वाचनका लागि नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका छन्। 

     चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख,दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको बताएका छन् ।

    उनले लेखेका छन्-

    जिन्दगीको..कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका उपलब्धिहरु सजिला थिएनन् ! दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे ! जुन देशको पानी पिँए ,जुन देशको माटोमा टेकेर म उभिँए ,जुन देशको शितल हावा पिएर म बाचेँ ,आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,पिँएको पानीको मुल्य चुकाउनु छ ! टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ! बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,आज म जुन धरातलमा उभिँएको छु उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ ! जनताको सुख:दुखमा हातेमालो गर्दै
    भोलि उदाँउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !

    देशमा नेता धेरै भए पनि साँच्चिकै विकास गर्ने नेता नहुँदा युवाले धेरै दुःख पाएको उनको भनाइ छ । असल राजनीतिज्ञ नहुँदा देश विकास हुन नसकेको भन्दै युवाका कुरा सुन्न आफू गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको बताए ।

    उनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् र नेपालका पहिलो अर्बपति हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार