Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङबाट लागूऔषधसहित दुई युवक पक्राउ


    आइतबार, असोज ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ। लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

    आइतबार बिहान साढे ६ बजेतिर बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ ।

    डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ ।

    पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार