काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला दिनमा काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका छन् ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १५, ललिलपुरका दुई र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै किटजन्य तालिम केन्द्र हेटौंडामा काठमाडौंका एक जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका पाँच जना, वीर अस्पतालमा काठमाडौंका तीन जना, नेपाली प्रहरी अस्पतालमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा काठमाडौंका चार जना र ललितपुरका एकजना र बीआईडीएच ल्याबमा ललितपुरका ६ जना र ह्याम्स अस्पतालमा काठमाडौंका नौ जना र ललितपुरका एक जना, वीरेन्द्र अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार देशभर ३ सय ६० जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ६९ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा २ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार ३ सय ८९ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ ।
यस्तै आजसम्म कुल ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ६५ जनाको मृत्यु भइसकेको छ।