Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो


    आइतबार, असोज ३० २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा संसार छाडेका शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर सोही मेडिकल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

    उपचारको क्रममा आज बिहान  ७ बजेर ९ मिनेटमा किष्ट मेडिकल कलेजमै जोशीको निधन भएको थियो ।

    अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।

    जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाइ सुरक्षित तरिकाले राखिने अस्पतालले जनाएको छ ।

    Satyamohan-Joshi_nomore_3.jpg
    undefined
    Satyamohan-Joshi_nomore_4.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार