Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुढानिलकण्ठ बैठक सकियो, निस्किएन निष्कर्ष


    बिहिबार, साउन २२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद समाधान हुन सकेको छैन । विवाद समाधानका लागि भन्दै बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको बैठकमा कुनै सहमति जुट्न सकेन ।

    बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन र विभागमा मनोनयन गरेको भन्दै विरोध गर्दै आएका छन्। तर यस विषयमा कुनै सहमति हुन नसकेको बताइएको छ । 

    बैठकले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने भने निर्णय गरेको छ। हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्। यो संख्यामा शतप्रतिशत थप गर्दा कांग्रेसका करिब १० लाख क्रियाशील सदस्य हुनेछन्। 

    यस्तैगरी बैठकमा महाधिवेशन समयमै गर्न कोरोना महामारीले पुर्‍याउन सक्ने असर, पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १४औं महाधिवेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार