Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा आजः मिखाईल गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्या


    शनिबार, असोज २९ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आज १५ अक्टोबर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

    चीनमा मानवसहितको पहिलो अन्तरिक्ष यान

    सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी चीनको गोबी मरूभूमिस्थित जिउक्वान स्याटलाईट लन्च सेन्टरबाट मानवसहितको अन्तरिक्ष यान अन्तरिक्षमा पठाइएको थियो ।

    मिखाईल गोर्भाचोभलाई शान्ति पुरस्कार

    सन् १९९० मा तत्कालिन सोभियत युनियनका अध्यक्ष मिखाइल गोर्भाचोभलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । द्वितीय विश्व युद्धमा तनाब अन्त्य गर्न उनी महत्वपूर्ण भूमिकामा रहेको भन्दै नोबेल कमिटीले सो पुरस्कार प्रदान गरेको हो ।

    बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

    सन् १९८७ मा बुर्किना फाँसोका तत्कालिन राष्ट्रपति थोमस सांकरको हत्या भएको थियो । राष्ट्रपतिबिरुद्धको एउटा कुमा उनको हत्या भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार