Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचन आयोगले सुरु गर्यो आजदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई


    बिहिबार, असोज २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि मतपत्र छाप्न सुरु गरेको छ ।

    उम्मेदवारको मात्र निर्वाचन चिन्ह रहने गरी पहिलो हुने निर्वाचित प्रणालीतर्फको मतपत्र छपाई आज  बिहीबारबाट सुरु गरेको हो ।
    पहिलो हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४ सय ९५ प्रकारको मतपत्र छापिने आयोगले जानकारी दिएको छ ।
    मतपत्र छपाईको काम  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले  गरिरहेको छ ।

    मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने आयोगले हिजो बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार