Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भीम रावल भन्छन्- देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियो


    बिहिबार, असोज २७ २०७९
    780
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले नेता भीम रावलले बिहीबार काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूलाई प्रतिनिधिसभाको टिकटबाट हटाउनुको मूल कारण देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको बताएका छन् । 

    उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप समेत लगाए । उनले आफूले एमसीसीकाे विराेध गर्दा र विपक्षमा भाेट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएकाे बताए ।

    रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’उनले भने । 

    नेता रावलले ५० वर्ष आफूले खुनपसिना बगाएको एमाले पार्टीलाई फेरि पनि आन्तरिक संघर्ष गरेर ठीक ठाउँमा ल्याउन सक्ने अपेक्षा आफूले नत्यागेको र पार्टी अध्यक्ष ओलीले टिकट खोसे पनि आफुले एमाले नछाड्ने रावलको अडान थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार