Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीप्रति आक्रोशित रावलले भने-  आफ्नो राजनीति सिध्याउनकै लागि मलाई टिकट नदिएको हो 


    बिहिबार, असोज २७ २०७९
    700
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)का नेता भीम रावलले आज बिहीबार काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेका छन्। उक्त पत्रकार सम्मेलनमा नेता रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित देखिएका छन्। नेता रावलले आगामी प्रतिनिधिसभा निर्वाचनकालागि टिकट नपाएपछि उक्त विषयमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न बिहीबार पत्रकार सम्मेलन गरेका हुन्। 

    रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले आफुलाई अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो, तितो आलोचना गरे ।

    रावलले एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको भन्दै ओलीको कडा आलोचना गरे । साथै आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष ओलीले आफुलाई टिकट नदिएको कडा आरोप समेत उनले लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार