Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  गठबन्धनबाट बाहिरिएको भन्दै जसपाका मन्त्रीसंग राजीनामा माग्ने प्रधानमन्त्रीको तयारी 


    बिहिबार, असोज २७ २०७९
    745
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेको भन्दै जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । 

    ‘उहाँले गठबन्धन छाड्नुभयो । सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा नै सरल र सहज हुन्छ । प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट नै हटाउने कांग्रेसका एक मन्त्रीले नेपाल फेसलाई बताए।  

    राजीनामा आउने अपेक्षाका साथ विनाविभागीय बनाउने वा बर्खास्त गर्ने भन्नेबारे छलफल नभएको ती मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति भइसकेको छ । 

    सत्ता गठबन्धनसँगको चुनावी तालमेलमा सिट बाँडफाँटबारे असहमति जनाएर जसपाले एमालेसँग सहकार्य गरेपछि उनीहरुको पद धरापमा परेको हो।।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार