काठमाडौँ। नेपालको पश्चिम सीमा महाकाली नदीलाई बनाएको भएता पनि महाकालीको मुहानका बारेमा विवाद सिर्जना गरिएको छ। नेपालको नाम जोडिएको कालापानी क्षेत्र भारतले पटकपटक आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै आइरहेको छ। भारतको अनुसार कालापानी उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको एक गाउँको रुपमा रहेको उल्लेख छ।
सो विषयलाई लिएर नेपाली भूमिमा छिमेकी राष्ट्र इन्डियाले (भारत) गरेको अन्यायपूर्ण कब्जा मानवअधिकारको ठुलो हनन पनि हो भन्दै Indian Occupation in Nepalese Land भन्ने मुख्य ब्यानरमा मानव अधिकारसँग सरोकार राख्ने जेनेभाका दुईवटा संगठनले गत सेप्टेम्बरको ३० तारिखका दिन जेनेभामा चर्को विरोध प्रदर्शन गरेको खबर प्राप्त भएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूको संयोजनमा जेनेभास्थित Rehabilitation Center ; World Organization against Torture’ र International Humanrights Movement’ नामक संगठनले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ५१ औँ सत्र चलिरहेको बेला विरोध र असन्तुष्टि प्रकट गर्न निर्धारित जेनेभास्थित अन्तर्राष्ट्रिय विरोधस्थल ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सासहित इन्डिया विरोधी प्रदर्शन गरेका हुन् । उनीहरूले नेपाली भूमिमा इन्डियाको अन्यायपूर्ण कब्जा मानवअधिकारको हनन पनि हो भन्दै इन्डिया कालापानी,लिपुलेख र लिम्पियाधुराबाट फर्किनुपर्ने र इन्डियाले नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्नुपर्ने बेहोराका अङ्ग्रेजी र स्विस भाषामा लेखिएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका थिए।
जेनेभाका दुईवटा संगठनले जेनेभामा गरेको यस विरोध प्रदर्शनको औचित्यबारे प्रश्न गर्दा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जेनेभास्थित मानवअधिकारवादी संगठनहरूले इन्डियाले नेपाली भूभाग कब्जा गरेर नेपालमाथि अन्याय र मानवअधिकारको हनन गरेको कुरालाई विरोधको विषय बनाउनु ग्रेटर नेपाललाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको गतिलो प्रयास भएको दाबी गरेका छन्।
undefined
यस्तै गत वर्ष भारतले आफ्नो राजनीतिक नक्सामा भारतीय सीमाभित्र नेपाली जमिन अर्थात् ती क्षेत्र समावेश गरेको थियो। भारतले लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटोको उद्घाटन गरेपछि नेपाल सरकारलाई आफ्नो मातृभूमि जोगाउन नयाँ नक्सा सार्वजनिक गर्न दबाव परेको थियो।