Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङ ‘ख’बाट दीपक मनाङे निर्विरोध निर्वाचित


    बुधबार, असोज २६ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मानाङे विरुद्ध कोही उम्मेदवार नभएपछि उनी निबिरोध निर्वाचित भएका हुन्। । 

    उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का उम्मेदवार सोहि क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

    कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

    स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।

    मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार