Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रेशम चौधरीको उम्मेदवारी खारेज


    बुधबार, असोज २६ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा उम्मेदवारी दिएका थिए । 

    चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।
    उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् । चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारेज भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार