Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै


    मंगलबार, असोज २५ २०७९
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे  बस्ने भएको छ। 

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो।

    मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । 

    बैठकमा देशका विभिन्न क्षेत्रमा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाइ छ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूले तालमेल गरेका क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिने तयारी पनि गरेका छन्।

    जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। यस्तै जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार