Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकट जोसुकैले पाएपनि चुनाव एमालेले नै जित्नुपर्छ: खिमलाल


    सोमबार, असोज २४ २०७९
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिए पनि एमालेका अर्का उम्मेदवार बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। भट्टराईले जसले टिकट पाए पनि एमालेले जित्नुपर्ने प्रतिक्रिया दिए । 

    निर्वाचन निर्देशिका ०७९ को दफा १९ को (९) अनुसार एकै पार्टीका उम्मेदवारले उम्मेदवारी दिए जसले पहिले मनोनयन दर्ता गराएको हो उसैलाई आधिकारिकता दिने व्यवस्था छ । घिमिरेले आइतबार ३ : ३० बजे मनोनयन दर्ता गरेका थिए भने भट्राईले ४ : ४५ बजे दर्ता गराएका थिए ।

    भट्राईले भने, ‘कसले आधिकारिकता दियो र पायो मलाई जानकारी छैन, जोसुकै भएपनि एमालेका उम्मेदवारले देशभरि जित्नुपर्छ ।’  एमालेले जित्नुपर्ने बाहेक अरु कुनै प्रतिक्रिया आफूसँग नभएको उनको भनाइ छ । देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्नुपर्ने उनले बताए । 

    एमालेले सुरुमा घिमिरेलाई उम्मेदवारको टिकट दिएको थियो । सोही आधारमा उनले मनोनयन दर्ता गराएका थिए । तर, बीचमा एमाले अध्यक्ष केपी ओलीले उनको टिकट रद्द गरेर खिमलाललाई उम्मेदवार बनाउने निर्णय गरे । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार