काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकाबीच भेटघाट भएको छ । सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो । इटालियन सरकारले नेपालको विकास गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
२०७२ सालमा गएको भुकम्पबाट क्षति भएकाऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटालियन सरकारबाट महत्वपुर्ण सहयोग प्राप्त भएको मन्त्री श्रेष्ठले बताए । राजदुत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाहरुको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताए ।
युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिंदै सम्पदामार्ग विश्व पर्यटनकै दुर्लव संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण रहने बताए ।
राजदुत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै उनले इटालीयन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend