Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा पनि एमाले र राप्रपाबीच सम्झौता


    सोमबार, असोज २४ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच बाँके जिल्लामा पनि सम्झौता भएको छ। केन्द्रको सम्झौता अनुसार उम्मेदवारी दर्ता गरेका यी दलका जिल्ला नेताले सोमबार यहाँ पनि सम्झौता गरेका हुन्।

    बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये एमालेले दुई र राप्रपाले एउटा क्षेत्र लिएका छन्। प्रदेशको ६ वटा क्षेत्रमा एमालेले ५ र राप्रपाले एउटा क्षेत्र लिएको छ।

    एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति र राप्रपाका अध्यक्ष नरेन्द्र पौडेलले हस्ताक्षर गरेको सम्झौतामा राप्रपाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा डा. धवल शमशेर राणा र क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नरेन्द्र पौडेल र बाँकी सबै सिटमा एमालेका उम्मेदवार रहने छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार