काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भैरहेको जनाएको छ ।
महासंघले तेजाबी सुनको प्रतितोला मूल्य १ लाख २ हजार रहेको जनाएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको छ ।