काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उनले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताए । उनले टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उनको भनाइ छ । जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताए।
साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले जानकारी दिए । २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमै बसेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend