Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमल थापाले मकवानपुर- १ बाट गरे मनोनयन दर्ता


    आइतबार, असोज २३ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सुटुक्क मनोनयन दर्ता गराएका छन्।

    नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा-१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

    उनी भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर  मनोनयन दर्ता गर्न पुगेका थिए। कार्यकर्ता नलिइ गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरे। 

    उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार