Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पोर्चुगलमा ३७ वर्षीय नेपाली युवाको मृत्यु


    आइतबार, असोज २३ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा विगत ६ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-१, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको छ। 

    सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए। एउटै कोठामा सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए।

    उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ। परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले बताएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार