Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राप्रपा अध्यक्ष लिङ्देनले झापा- ३ बाट गरे उमेदवारी दर्ता


    आइतबार, असोज २३ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गरेका छन्। लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।  यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी झापाबाट विजयी भएका थिए।

    झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार