Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुशील भट्टको विरोध गर्दा सुमार्गीलाई किन सम्झेनन् प्रचण्डले ?


    बिहिबार, साउन २२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि सत्तारुढ दलभित्र कडा विरोध भएको छ । भट्टको छवि, सम्बन्ध र पृष्ठभूमिलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति समेत जनाइसकेका छन् । भट्टको लगानी वोर्डमा भएको नियुक्तिले सरकारमाथि सर्वसाधरणलाई शंकाको पर्याप्त सुविधा दिएकै छ ।

    तर, भट्टको छवि र पहिचान बिचौलियाको रुपमा भएको भन्दै अर्का अध्यक्ष प्रचण्डले उनको नियुक्तिलाई लिएर गम्भिर असहमति जनाएका हुन् । प्रचण्डको यो टिप्पणीलाई धेरैले विसेक माने पनि यथार्थमा उनको यो विरोध र टिप्पणी स्वार्थकेन्द्रित छ ।

    बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भट्टको कनेक्सनको फेहरिस्त दाहाललाई थाहा नभएको होइन । तर, भट्टलाई लगानी बोर्डमा नल्याएर कसलाई ल्याउनुपर्ने हो भन्ने सुझाव दाहालले प्रधानमन्त्री ओलीलाई दिन सकेका छैनन् ।

    आफू सत्ता र शक्तिमा हुँदा विवादास्पद पृष्ठभूमि भएका बिचौलियाको पहिचान बनाएका अजेयराज सुमार्र्गी पराजुलीलाई प्रचण्डले बोक्दै आएका छन् । विगतदेखि हालसम्म प्रचण्डले गर्ने हरेक निर्णयमा उनै विचौलिया सुमार्र्गीको भूमिका हावी हुने गरेको छ ।

    प्रचण्डले अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगै ओलीलाई भेटेर भट्ट नियुक्तिप्रति असहमति जनाएका थिए । भट्टलाई सिइओ नियुक्त गरेसँगै ओलीको बिरोधी कित्तामा रहेका गौतम ओली निकट भएका छन् भने उनका कट्टर विरोधी भीम रावल चिढिएका छन् । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवम् दाहाल निकटका लेखराज भट्ट खुसी भएका छन् ।

    भट्टलाई विचौलिया भएको आरोप लगाउने प्रचण्ड आफू नामुद बिचौलियाको रुपमा चिनिएका अजेयराज सुमार्र्गीलाई भने बिर्सिएका छन् । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सुमार्र्गीले आफ्नो लगानी देखाउँदै ‘हेलो ब्राण्ड’ मा नेपाल स्याटेलाइट कम्पनी स्थापना गरेका थिए । नेपाल स्याटलाइटले दूरसन्चार प्राधिकरणलाई फ्रिक्वेन्सी वापत तिर्नुपर्ने ८२ करोड ७० हजार रूपैयाँ छ ।

    रोयल्टी र नवीकरण शुल्क बुझाउन अटेर गरेका कारण प्राधिकरणले गत बर्ष साउन १७ गते नेपाल स्याटलाइटको अनुमतिपत्र खारेजी गरेको थियो । तर, सुमार्गीका गुरु उनै प्रचण्डको दबाबमा गत पुस २१ गतेको मन्त्रिपरिषद्ले नेपाल स्याटलाइटलाई खारेजी हुनबाट जगाउने निर्णय भएको थियो ।

    सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिदेशबाट नेपाल राष्ट्र बैंकमार्फत ल्याएको रकमको स्रोत नखुलेको भन्दै सुमार्गीको झण्डै चार अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले रोकेको थियो, यूनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ ।

    राष्ट्र बैंकले रोकेको पैसा खुलाउन उनै प्रचण्डले ओलीलाई मनाउनु परेको थियो । प्रचण्डको आग्रहमा उनै सुमार्गीलाई प्रधानमन्त्री ओलीले क्षमादान दिएका थिए । सूदुरपश्चिमका भट्टलाई लगानी वोर्डमा नियुक्त गर्दा सत्तारुढ दलका अध्यक्ष दाहालले बिरोध गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने मुख खोलेका छैनन् ।

    प्रमुख प्रतिपक्षी दलको नेता भए पनि देउवाले श्रीमती डा।आरजु राणा देउवाको प्रभावमा भट्टको नियुक्तिको विषयमा चुईक्क पनि नबोलेका हुन् । सुरक्षा निकायको हतियार खरिद प्रकरणमा कुनै बेला भट्टलाई उनै आरुजु राणाले संरक्षण दिएकी थिइन् । देउवाले पनि सुदूरपश्चिमको व्यक्ति भएको भन्दै भट्टको बारेमा असहमति जनाएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार