Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति पुनले भेटे शताब्दी पुरुष जोशीलाई


    शनिबार, असोज १५ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् । उपराष्ट्रपति पुनले डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीसँग अस्पतालमै गएर भेट गरेका हुन् ।

    आज शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार