काठमाडौं ।महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्र्र्हालय स्थापना गरिएको छ ।
काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङ्ग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रवार उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उनले सो सङ्ग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले सो सङ्ग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गरे ।
करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङ्ग्रहालय दशैं सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उनका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।