Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाको दाबी- १० लाख युवालाई रोजगारी दिने योजना मेरो नै हो 


    शुक्रबार, असोज १४ २०७९
    815
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। शुक्रबार काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रम बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रममा आफ्नो धेरै मेहनत रहेको दाबी गरेका छन् ।

    उनले आफ्नो टिमले दिएको अध्ययनको निष्कर्षका आधारमा सरकारले यो वर्षको बजेटबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा भएको र दस वर्षमा कम्तीमा दस लाख युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय उपभोग दशक घोषणा भएको बताए । 

    ‘यो देशमा आज सबैभन्दा ठूलो समस्या, मुद्दा भनेको नेपाली युवालाई स्वदेशमै रोजगार बनाउने कुरा हो । मलाई गौरव छ, गएको पाँच वर्षसम्म लगातार काम गरेर हामीले दिएको निष्कर्षमा आधारित भएर सरकारले प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा गरेको छ,’ नेता थापाले भने।,

    उनले टेक्स्टायल, जुत्ता, कन्स्ट्रक्सन, औषधि र एग्रिकल्चरमा मात्रै आगामी दस वर्षभित्र कम्तीमा दस लाख युवालाई रोजगारी दिलाउन सकिने कार्यक्रमको उद्देश्य रहेको बताए । ‘मेरो टिमले लामो समयसम्म अध्ययन गरेर यो निष्कर्षमा पुगेको हो कि टेक्स्टायल, जुत्ता, कन्स्ट्रक्सन, औषधि र एग्रिकल्चरमा हामीले आज जुन उत्पादन गरिरहेका छौँ, त्यसलाई बजारको प्रबन्ध मात्रै हुने हो भने ठूलो संख्यामा स्वरोजगारीको व्यवस्था हुन्छ,’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार